FAQs Complain Problems

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको अवसरमा गौर नगरपालिकालाई उत्कृष्टताको सम्मान।

मधेश प्रदेशमा उत्कृष्ट र कार्य सम्पादकमा पनि सव भन्दा बढी अंक प्राप्त गरेको गौर नगरपालिका सम्मानित भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका विषयक कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य माननीय डा. राम कुमार फुयालज्यूवाट नगर प्रमुखज्यूले सम्मान तथा प्रमाणपत्र ग्रहण गर्नु भएको छ।

पत्रकार महासंघ केन्द्रीय सचिव गोविन्द चौलागाइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अख्तियार दुरूपयोग अनुसंधानका डा. हेम वहादुर केसीज्यू, नायव महालेखा परिक्षक, मधेश प्रदेश प्रमुख श्याम प्रसाद भण्डारीज्यू, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीका अध्यक्ष, नेपाल प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, लगायत विभिन्न नपा का नगर प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, कार्यलय प्रमुखज्युहरूको उपस्थिति रहेको थियो।।