FAQs Complain Problems

Brief Introduction

गौर नगरपालिका नेपालको २ नं. प्रदेश को रौतहट जिल्लामा अवस्थित छ | गौर नगरपालिकाको स्थापना वि. स. २०४८ चैत्र ३० गते भएको थियो | यो नगरपालिका तत्कालीन गौर टिकुलिया, पुरेनवा, सिर्सिया र सवगढा गरी ५ गाविसहरु मिलि बनेको छ | १३ वडा (शहरी ५, ग्रामिण ८ ) मा विभाजित यो नगरपालिकाको कार्यालय जिल्ला सदरमुकाम गौरमा रहेको छ |
सिमाना :    पूर्व लक्ष्मीपुर वेलबिछवा , मुडवलवा, पश्चिम लालवकैया नदी , उत्तरमा पिपरा भगवानपुर, हजमिनीया र दक्षिण भारत (बिहारको सीतामढी)

तापक्रम :     अधिकतम ४0 डिग्री सेल्सीयस र न्युनतम ५ डिग्री सेल्सीयस

हावापानी :    उष्ण

कुल छेत्रफल:  ३१, ९१ व कि.मी.

भू-उपयोगको अवस्था (हे.):   वसोबासको क्षेत्र २ हेक्टर, कृषि क्षेत्र २५ हेक्टर , बजार क्षेत्र १५  हेक्टर  र अन्य ३. ९१ हेक्टर |

जनसंख्या :        राष्ट्रिय जनगणना २०६८ अनुसार

कुल जनसंख्या    :  ३४९३७

महिला               :  १६६४७

पुरूष                  :  १८२९०

घरघुरी संख्या      :  ५६३५

मुख्य जात/जातिहरू :   मुस्लिम, तेली कानु/कल्वार, ब्राहमण, यादव, मलाह/सहनी/वीन,दुसाध/पाशवान, कुर्मी, कायस्थ बनिया/केशरी, राजपूत, कोडरी,तत्मा, चमार आदि |

घरघुरी संख्या :           ७८९ जनजाति ३१ मुस्लिम ७४९ अन्य ३५०७ (न.पा. सर्बेक्ष्ण अनुसार)

मुख्य पेशा :                कृषि पशुपालन, ज्वाला मजदुरी, सेवा र व्यापार |

साक्षरता :                   ६४.६ % प्रतिशत

मुख्य ताल,पोखरी संख्या : शिवालय पोखरी, अदालत पोखरी, बरहवा ताल आदि |

एतिहासिक स्थल :   पुरेनवा दरबार, क्रन्तिदार, सहिद शिवप्रसाद कुँवर स्मारक |

विधालय संख्या :     प्रा. वि. १७, नि.मा.वि. ३, मा.वि. ३, उ.मा.वि. २, क्याम्पस ३,  टेक्निकल स्कुल ३ |

स्वास्थय:    जिल्ला अस्पताल १, आँखा अस्पताल १, हेल्थपोष्ट १, शहरी  स्वास्थ्य क्लिनिक १